'विष्णु पाैडेलले गर्दा रुपन्देही-२ काे मतदाता र बासिन्दा हुँ भन्नसमेत लाज लाग्न थाल्याे '

 वैशाख २१, २०७६ शनिबार ११:२२:४१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही -  रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ का जनतालाई लज्जित गराएको भन्दै विपक्षी नेपाली कांग्रेसका प्रत्याशीहरुले नेकपाका महासचिव तथा संघीय सांसद विष्णुप्रसाद पौडेलले राजीनामा दिनुपर्ने माग गरेका छन ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका प्रत्याशी युवराज गिरी, प्रदेश सभाका प्रत्याशीहरु काजिमान श्रेष्ठ र महेशमान सिह,तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्याशी रामकृष्ण खाँण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले आज बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा मुछिएपछि पौडेलले नैतिक जिम्मेवारी लिँदै पदीय जिम्मेवारी छोडेर छानबिनमा सहयोग गर्न माग गरेका छन् ।

पौडेलका कारण 'रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ' भन्न समेत लज्जाबोध भइरहेको भन्दै कांग्रेसका प्रत्याशीहरुले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको बताए । सुकुम्बासी र भूमिहीनहरुलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका प्रत्याशी युवराज गिरीले बालुवाटार जग्गा प्रकरणमा आफनै पार्टी सभापति शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै देउवालाई देखाएर पौडेललाई उन्मुक्ति दिन भने कांग्रेसले नदिने बताउनुभयो । ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने पक्षमा कांग्रेस रहेको उनीहरुको भनाइ छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया