शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुन्छ: प्रम ओली

 वैशाख २१, २०७६ शनिबार १७:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएकाे भन्दै उहाँले हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पृथकतावाद अन्त्य गर्‍यौं र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छाैँ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टीभित्रै पनि विरोध भएको स्मरण गर्दै उहाँले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो  ।

उहाँले भन्नुभयो,‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाव अबैध, हानिकार, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उहाँले सांसदहरुलाई स्पष्टीकरण दिनुभयो । राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उहाँले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दाjL गर्नुभयो । मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गर्नुभयो ।  

उहाँले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिनुभयो ।

संसदीय दलको बैठकमा सांसदहरुले नेताहरुको निर्देशन मात्रै नभइ आफूहरुको पनि कुरा सुन्नुपर्ने र सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया