नीति तथा कार्यक्रमका बारेमा स्पष्ट पार्न नेतृत्वसँग नेकपाकै नेताहरुकाे माग

 वैशाख २१, २०७६ शनिबार १८:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न नेतृत्वसँग माग गरेका छन् । 

शनिबार संघीय संसदभवनमा बसेको संसदीय दलको बैठकमा सासदहरुले सरकारको नीति तथा कार्यक्रमाथि स्पष्ट पार्न माग गरेका हुन् । ‘वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा तपाईहरुले आ–आफ्नो धारण राख्न सक्नुहुनेछ’ भन्दै दलका उपनेता सुवास नेम्वाङ्गले भनेपछि अधिकांश सांसदहरुले नीति तथा कार्यक्रमकै बारेमा स्पष्ट पारिनुपर्ने माग गरेका हुन् ।

उनीहरुले दुई नेताको निर्देशन र व्हिप मात्रै जारी गर्ने कुरा किमार्थ हुन नसक्ने भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा आफूहरुलाइै जिज्ञासा राख्न दिनुपर्ने माग गरे । उनीहरुले नीति तथा कार्यक्रममा प्रस्तुत भएका तथ्याांङ्क र भाषा प्रति बैठकमा स्पष्ट पार्नुपर्ने अडान लिए । सांसदहरु जनार्द्धन शर्मा र रामकुमारी झाँक्रीले राष्ट्रपतिको सम्बोधनमा प्रयोग गरिएको मेरो सरकारको सैद्धान्तिक आधार र उद्देश्य स्पष्ट पार्न माग गर्नुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘जुन भाषा प्रयोग गरेर राष्ट्रपतिलाई विवादमा ल्याइयो, त्यो कुन मनसायले ल्याइयो प्रष्ट हुनुपर्छ ।’

अर्की सांसद रामकुमारी झाँक्रीले भन्नुभयो, ‘दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर निर्देशन र व्हिप मात्रै जारी गर्ने कुरा किमार्थ हुँदैन । त्यसकारण यहाँ छलफल गर्ने वातावरण हुनुपर्छ । पीएम आएपछि यो नीति तथा कार्यक्रममाथि हामी यही क्लियर भएर जानुपर्छ । नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका केही तथ्याङ्कहरु, त्यहाँ प्रयोग गरिएका केही भाषाका बारेमा हामी क्लियर हुन चाहन्छौ । नेपाल सरकार, हाम्रो सरकार, मेरो सरकार भन्ने सन्र्दभमा, हिजो ४७ सालको संविधान अन्र्तगत श्री ५ महाराजधिराजले मेरो सरकारले गर्छ भने जस्तो भाषा हो भने यो प्रयोग गरिनु हुँदैन । गरियो । गरियो भने पनि यसमा के सैद्धान्तिक आधार छ ? के उद्देश्य छ ? के का लागि यो भाषा प्रयोग गरियो ? आज यो बैठकमा दुई जना नेताहरुको निर्देशन मात्रै होइन कि हाम्रा कुरा पहिले सुनिनुपर्छ ।’

सांसहरुले मेरो सरकार प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको काम, कर्तव्य र अधिकारका बारेमा लामो प्रशिक्षण दिँदै अन्तराष्ट्रिय अभ्यास भएकाले बहस आवश्यक नरहेको बताउनुभएको थियो ।

रामकुमारी झाँक्रीको प्रश्नलगत्तै मिडियालाई बैठक कक्षबाट बाहिर पठाइएकाे थियाे ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया