ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र दाल भात तरकारीले देशभर हाउसफुल व्यापार गरेको छ ।
मौसममा आएको खराबीका कारण पहिलो शो प्रभावित हुनसक्ने भनिए पनि दर्शकले चलचित्र हल भरिएकाे थियाे । यसले चलचित्र दाल भात तरकारीलाई दर्शकले तीव्र प्रतिक्षा गरिरहेको बुझाउने कलाकार तथा निर्माता राजाराम पौडेल बताउनुहुन्छ ।
अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले बताएको छ । चलचित्र दालभात तरकारीले अमेरिका जान मरिमेट्ने एक नेपाली परिवारको कथा प्रस्तुत गरेको छ ।
चलचित्रले गम्भीर विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरेको छ । २ घण्टा १० मिनेट लामो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सनविक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् भने निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत तथा दीर्घ गुरुङको छायांकन रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर बाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीकाे संयुक्त लगानी छ ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।