नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
पाकिस्तानको लाहोरमा बम विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार, लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
सुरक्षामा खटिएको एक गाडीलाई निशाना बनाएर बम विस्फोट गराइएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।
विस्फोटपछि त्यस इलाकामा ठूलो संख्यामा पुलिस अधिकारीहरु तैनाथ गरिएको छ । विस्फोट गराइएको क्षेत्रमा खोजतलासी जारी रहेको छ । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन ।
लाहोर पुलिसका डीआईजी मोहम्मद अशफाकले दरगाहबाहिर खडा गरिएको पुलिस अधिकारीको गाडीलाई निशाना बनाइएको बताए । दाता दरबार दरगाह दक्षिण एसियाको सबैभन्दा पुरानो दरगाहमध्ये एक हो ।
सन् २०१० मा पनि यहाँ भएको विस्फोटमा ४२ जनाले ज्यान गुमाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।