स्रस्टाहरु सम्मानित

 वैशाख २७, २०७६ शुक्रबार १९:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गङ्गादेवी चौधरी स्मृति सम्मानबाट साहित्यकार पद्मावती सिंह सम्मानित हुनुभएको छ । 

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको रजत वर्षको अवसरमा शुक्रबार विशेष समारोह आयोजना गरी साहित्यकार सिंहलाई सम्मान गरेको हो ।

स्मृति  सम्मानको राशी १ लाख १ रुपैयाँसहित ताम्रपत्र रहेको छ । कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले साहित्यकार सिंहलाई सम्मान दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा  साहित्य, संस्कृति, इतिहास तथा गीत संङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याएका अन्य ७ जना व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।  पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वती गद्यसम्मान, साहित्यकार मोदनाथ प्रश्रितलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, संगीतकार गणेश रसिकलाई नारायणगोपाल सङ्गीत सम्मान, चित्रकार किरण मानन्धरलाई अरनिको ललिलकला सम्मान, कलाकार भुवन थापा चन्दलाई बालकृष्ण सम रङ्ग सम्मान, फरक क्षमताकी सृष्टि केसीलाई नेपाल नवप्रतिभा सम्मान र कवि एंव गीतकार दिनेश अधिकारीलाई गोपालप्रसाद रिमाल काव्य सम्मानबाट सम्मानित गरिएको हो । सात वटै सम्मानको राशी नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यसै वर्षदेखि गोपालप्रसाद रिमाल काव्य सम्मान दिन सुरु गरको हो । अन्य सम्मान दिन सुरु गरेको २५ वर्ष पूरा भएको छ ।

कला मन्दिरले सुरु गरेको स्रष्टासम्मानको २५ वर्ष पूरा गरेको अवसरमा कलामन्दिरसँग आबद्ध रही काम गर्दै आएका राजकुमार अधिकारी, कृष्णप्रसाद दीक्षित र राजकुमार गौतमलाई दीर्घ सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशी जनही ३१ हजार रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया