च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – सांसदहरुले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढाएको भन्दै जिउधनको सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका दैवीप्रकोप उद्धार समितिलाई तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद केदार सिग्देलले तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नम्बर ६, शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ को भिमाद बजार र पुल्चोक बस्तीलाई सेती नदीको कटानले जोखिम बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
आकाशमा बादल देखिनासाथ स्थानीयहरु बस्ती छाडेर रुखमुनि बस्न बाध्य स्थानीयको जीउ धनको सुरक्षाको व्यवस्था मिलाउन सरकारसं भएको भन्दै उहाँले वर्षा सुरु भएुसँगै जुनसुकै बेला पनि ती बस्ती नदीको भेलमा पुग्न सक्ने जोखिम रहेकाले तत्काल त्यस क्षेत्रकाग माग गर्नुभयो ।
उहाँले शुक्ला गण्डकी नगरपालिका अन्र्तगतका दर्जन बढी स्थानमा विगत ४० वर्षदेखि बसोबास गर्दै आएका १५ सयभन्दा बढीले अझै लालपुर्जा पाउन नसकेको भन्दै तत्काल लालपुर्जा प्राप्त गर्ने प्रबन्ध मिलाउन पनि उहाँले सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पवित्रा निरौला खरेलले वर्षासँगै झापा क्षेत्र नम्बर २ दुर्गापुर–दैझोडा– खुदुनबारी बीचमा पर्ने कजवे भत्किएको र बस्ती डुबानमा परेको भन्दै चाँडो पुल निर्माण गरि सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पार्वती कुमारी बिशुंखेले केन्द्र, जिल्ला र स्थानीय तहमा भएको दैवी उद्धार समितिलाई साधन स्रोत सम्पन्न गरी सक्रिय बनाउन ध्यानाकर्षण गराउनुभयो ।
सांसद पूर्णाकुमारी सुवेदीले अविरल वर्षासँगै बाँकेमा पनि बाढीको संभावित जोखिम देखिएको भन्दै पूर्व तयारी र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।
उहाँले आमाको नामबाट नागरिकता दिने व्यवस्था तत्काल मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सुन्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी जिल्ला वडाअध्यक्षको मिलेमतोमा विदेशीलाई नेपाली नागरिकता दिने काम गरिएको भन्दै त्यस कार्यमा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।
सांसद दिलेन्द्र प्रसाद बडुले चिकित्सा शिक्षा र स्वास्थ्यलाई गुणस्तर बनाउने डाक्टर केसीको मागप्रति सरकार असहमत हुनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद दिव्यमणि राज भण्डारीले दोलखा जिल्लामा सञ्चालित अपर तामाकोसी हाईड्रो पावर लिमिटेडको जिल्लाबासीका लागि आह्वान गरेको शेयर आवेदनको समय असोजसम्म ह्ने गरीे मिलाउन माग गर्नुभयो ।
सांसद दुर्गा बहादुर रावतले जनयुद्ध, जनआन्दोलनका घाईतेहरुको उपचार, विस्थापित शिक्षकको पुनर्वहाली नभएको भन्दै ती विषयहरु कुन मन्त्रालयले हेर्ने हो भनी सरकारसंग जानकारी माग गर्नुभयो ।
सांसद ध्रुब कुमार शाही विभिन्न आयोगबाट पाएको लालपुर्जाले जग्गा धनीको रुपमा काम गर्न नसकेको भन्दै अव्यवस्थित बसोबास गरेकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद निरु देवी पालले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा रहेको विमानस्थल गौचरणमा परिणत भएको भन्दै कंचनपुरको विमानस्थललाई आन्तरिक र धनगढी विमानस्थललाई अन्तराष्ट्रिय एयरपोर्ट बनाउन पर्यटन मन्त्रालयको ध्यानकर्षण गराउनुभयो ।
पुष्पा भुसाल गौतमले राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी अभिसन्धिलाई सम्मान गर्दै वीर अस्पतालमा उपचार गराईरहेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रकाश रसाईलीले पोखरा विमानस्थल निर्माणमा व्यापक भ्रष्ट्राचार भएको भन्दै छानविनको माग गर्नुभयो ।
सांसद प्रेम सुवालले माइतीघर मण्डलालाई विरोध प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘राजनीतिक दलले गर्ने विरोध जथाभावी हुदैन । प्रतिपक्षीको विरोधले सरकारलाई सचेत गर्छ । विरोध र सभा जनतालाई सचेत पार्न गरिने हो । यसको पनि परम्परा र संस्कृति हुन्छ । सरकारको यो निर्णय फेरी प्रतिगमन, राजतन्त्रको पुनस्थापन र प्रतिगमनकारीहरुको पुनरागमन त होइन ? भनी प्रश्न उठिरहेको छ । सरकारले यो निर्णय फिर्ता लिनुपर्छ ।’
त्यस्तै सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा बेपत्ता आयोग पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको छ ।
यो प्रस्ताव पेश भएसंगै बैठक अपरान्ह ४ बजे सम्मका लागि स्थगित भएको छ । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा वेपत्ता आयोग पहिलो संसोधन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।