धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु – सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा ४ दिनदेखि विमान थन्किएको छ । मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको 9NAKK कल साइन भएको विमान उडान हुन नसक्दा लुक्लामा नै थन्किएको हो ।
शुक्रबार मौसम प्रतिकुलताका बाबजुद नै अवतरण गरिएका २ वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयरलायन्स लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेको तारा एयरका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो ।
तत्काल मौसममा सुधार हुने छाँटकाट नदेखिएपछि कतिपय यात्रुहरु पैदल नै सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्यतर्फ लागेका छन् । केही पर्यटकहरु लुक्लाबाट झण्डै एक घण्टाको पैदल यात्रा गरी शुर्केबाट हेलिकप्टरबाट चार्टर गरी फर्किए पनि आजबाट हेहिकप्टरसमेत अवतरण हुन नसक्दा पर्यटकहरु अलपत्र परेका छन ।
लुक्लामा अहिले विदेशी तथा स्वदेशी गरी झण्दै एक सय जति पर्यटकहरु काठमाडौं फर्कने तयारीमा रहेको स्थानिय शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।