च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको अनसन, माइतीघर मण्डलामा प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
साथै उनीहरुले आआफ्ना क्षेत्रका समस्याका बारेमा पनि सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद भरत कुमार शाहले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति घोर आपत्ति जनाउनुभयो ।
डाक्टर केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उहाँले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
माइतीघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृत्ति देखाउने काम बन्द गर्न उहाँले सरकारलाई सचेत गराउनुभयो ।
यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै उहाँले सरकारद्धारा भ्रामक सन्देश प्रवाह नगर्न गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद कल्याणी खड्काले रौतहट सदरमुकाम गौरमा रहेको गौर राईस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भईरहेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
गौर राईस मिलको अहिले ५ विघा १९ कठ्ठा १५ धुर जग्ग्गा निजीकरण गर्ने प्रयास भएकाले उच्चरस्तरीय आयोग गठन गरि भू–माफियालाई कारवाही गर्दै त्यो जग्गा सरकारको स्वमित्वमा ल्याउन माग गर्नुभयो ।
सांसद भैरव बहादुर सिंहले बझाङ जिल्लामा योङ कम्युनिष्ट लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रकाश रसाईलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभएको छ ।
उहाँले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसँगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले विदेश नीतिमा सरकार असफल भइसकेको दाबी गर्नुभयो । आफुहरु राजधानीका विभिन्न स्थानबाट १५ रुपैयाका पानी जहाज चढेर संसद भवन आउने गरेको भन्दै उहाँले रेल भन्दा प्यारो माटो भएकाले लिपुलेकका विषयमा सरकार स्पष्ट हुनुपर्ने र त्यसबारे सदनलाई यथार्थ जानकारी दिनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘रेल आउँदै गर्दा चढ्दै गराैंला, तर लिपुलेकको एक चिम्टी माटो पनि त्यति प्रिय छ । प्रधानमन्त्रीले पाना फर्काउनुपर्ने ? प्रधानमन्त्रीले खिया लागेको कागज पाना टकटकाउनुपर्ने ? त्यो टकटकाएको कागज संसदमा जानकारी गराउनुपर्यो ।’
सांसद शान्तिमाया पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत शेयर आव्हानलाई एक महिनापछि सार्न माग गर्नुभयो ।
मानो खाएर मुरी उब्जाउने खेतीको समय भएकाले शेयर आव्हान समय पछि सार्दै गाउँपालिका, नगरपालिकाका वडा कार्यालयबाट शेयर लिने र मुलुकबाहिर भएका जिल्लावासीले अनलाईन आवेदन दिनसक्ने तथा विवाह भएर गईसकेका छोरीचेलीले पनि शेयर राख्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।