च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – संघीय संसदले आर्थिक विधेयक २०७५ पारित गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । विधेयकमाथि परेका संसोधनका प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए ।
विधेयकमथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रगतिशील कर प्रणालीका आधारमा सबै करलाई व्यवस्थित गरिएको स्पष्ट पार्नुभएको थियो । उहाँले शिक्षा, स्वास्थ्य लगायतका विषयमा राज्यले सर्वसाधरण सबैलाई सुविधा दिनका लागि स्वास्थ्य र शिक्षा क्षेत्रको विद्यमान कर प्रणालीलाई हेरफेर गरिएको स्पष्ट पार्नुभयो ।
दुवै क्षेत्रलाई आयकरबाट करको दायरामा ल्याइने भएकाले यसमा द्विधा लिनु नपर्ने मन्त्री खतिवडाको भनाई छ । उहाँले त्यसैगरी करको आधार बढाउनका लागि दूरसञ्चार क्षेत्रमा करको दायरा ११ बाट १३ बनाइएको स्पष्ट पार्नुभयो । मन्त्री खतिवडाले मूल्य अभिवृद्धि कर फिर्ताले कर प्रणालीमा विकृति देखिएको फिर्ता नदिने नीति सरकारले स्पष्ट पार्नुभयो ।
मन्त्री खतिवडाले १ सय ५० सीसी भन्दा कमको मोटरसाइकलको भन्सार नबढेको भन्दै अस्वभाविक विलासिताका वस्तु प्रयोगलाई निरुत्साहीत गर्न बढी सीसीका सवारी साधनमा भन्सार बढाइएकोे स्पष्ट पार्नुभयो । उहाँले प्रगतिशील कर प्रणालीकै आधारमा व्यक्तिगत आयकर निर्धारण गरिएको तथा खाद्यान्न निकासीका सवालमा आवश्यकता अनुसार सरकारले कडा/नरम प्रणाली अबलम्बन गर्न सकिने बताउनुभयो ।
मन्त्री खतिवडाले सरकारले निर्धारण गरेको आयकरका दरहरु दक्षिण एसियामा प्रतिस्पर्धी रहेको दाबी समेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।