सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
हुम्ला - हुम्ला जिल्लाको उत्तरी नाका तिब्बतसँग सिमाना जोडिएको हिल्सामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ ।
गएकाे असोज महिनाकाे अन्तिमदेखि चिसोको कारणले बन्द भएको कार्यालय आज बुधबारदेखि सञ्चालनमा आएको निमित्त कार्यालय प्रमुख सूर्य बहादुर लामाले बताउनुभयाे ।
तिब्बतको कैलाश मानसरोवर तिर्थयात्रीहरुको दर्शन गर्ने सिजन सुरु भएसँगै अध्यागमन कार्यालय सञ्चालनमा आएको हो । विदेशी नागरिक आवतजावत गर्ने हुम्लाको मुख्य नाका रहेको हिल्सामा भिसा तथा पासपोर्ट जाँच हुने गर्छ ।
गएकाे वर्षमात्र सिमाना हिल्सामा अध्यागमन कार्यलय स्थापना भएको थियो । कार्यालय नहुँदा विगतमा जिल्ला प्रहरी कार्यलय हुम्लाले त्याे काम सदरमुकाम सिमकोटबाटै गर्दै आएको थियो । मानसरोवर कैलाश जाने तिर्थयात्रीहरुको लागि सहज रुपले सिमानामा सेवा प्रवाह गर्न याे कार्यालय स्थापना भएको हाे ।
याे वर्ष पर्यटकलाइ स्वागत गर्न कार्यालयले विशेष योजना बनाएको निमित्त प्रमुख लामाले बताउनुभयाे । गएकाे वर्ष १२ हजार भारतीय नागरिकले हुम्लाको हिल्साबाट कैलाश मानसरोवरको दर्शन गरेका थिए । यस वर्ष १० हजार भारतीय तिर्थयात्री आउने अपेक्षा गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।