च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
संघीय संसदले सोमबार राष्ट्र ऋण उठाउने विधेयक २०७५ पारित गरेको छ ।
काठमाडाैं - सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो ।
विधेयक माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यले लिन चाहेको ऋण सिधै सरकारको ढुकुटीमा जाने रकम भएकाले पुनर्निर्माण लगायत आवश्यकता हेरेर राज्यको विशेष दायित्व निर्वाह गर्नुपर्ने क्षेत्रमा खर्च हुने स्पष्ट पार्नुभयो ।
उहाँले संकलित रकम भुकम्प पीडितलगायत मुलुकलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, दैवी प्रकोप तथा विकास निर्माणमा प्रयोग गरिने पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले राष्ट्र ऋण उठाउँदा बोलकबोल गरेर उठाउने भएकाले ऋणपत्रको ब्याजदर प्रतिष्पर्धी हुने पनि स्मरण गराउनुभयो ।
सांसदहरुले ऋणको दुरुपयोग भई सर्वसाधरणमा अनावश्यक बोझ थपिने भन्दै विरोध गरेका थिए ।
सरकारले नागरिकप्रतिको दायित्व, विकास निर्माण लगायतका काम पुरा गर्न राजश्व र बैदेशिक सहायता परिचालनबाट नपुग रकम ऋणमार्फत् उठाउने गर्दछ ।
यसवर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष अनुसार सरकारले १ सय ७२ अर्बको ऋण लिने प्रस्ताव गरेको थियो ।
यस विधेयकमा परेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।