एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
उत्तरी पाकिस्तानको एउटा गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएका हुन् । यो घटना पाकिस्तानको लरकाना गाउँको हो ।
गएको महिना प्रशासनको शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो । त्यसपछि व्यापक स्तरमा जाँच भएको थियो र यसबाट डाक्टरहरुको करतुत सार्वजनिक भएको हो ।
स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेकाे पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।
यो घटना सार्वजनिक भइसकेपछि यहाँका मानिसहरु निकै डराएका र रिसले चूर भएका छन् । यो घटना बाल रोग चिकित्सकको लापर्वाहीको कारणले भएको हो ।
‘अहिले दर्जनौंको संख्यामा मानिसहरु उपचारका लागि आइरहेका छन्,’ एक स्थानीय डाक्टरले भने । अहिले उपचारका लागि स्वास्थ्यकर्मी र उपकरणको पनि अभाव देखिएको छ ।
पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । तर बिरामीको दर भने बढ्दै गैरहेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ ।
महंगीको कारण पनि पाकिस्तानी नागरिकहरु आफ्नो उपचार गर्न सक्षम छैनन् । यहाँ गरिबीको स्तर बढ्दै गैरहेको छ । यूएनएआईडीएस (एचआईभी-एड्स अन्तर्गत संयुक्त राष्ट्र संघको कार्यक्रम) को रिपोर्टले भन्छ, ‘केही सरकारी रिपोर्टका अनुसार, देशभरि छ लाख नक्कली डाक्टर छन् र यो संख्यामध्ये करिब दुई लाख ७० हजार डाक्टर सिन्ध प्रान्तमा काम गरिरहेका छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।