नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
पाँचथर – मिक्लाजुङ गाउपलिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका १० जनाको बिहीबार अन्त्येष्टि गरिएको छ ।
विभत्स हत्याकाण्डमा ज्यान गुमाएका २ परिवारका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका व्यक्तिको छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिएको हो ।
विभत्स हत्या गरिएका दुई परिवारमध्ये बमहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै एउटै चित्ता बनाएर सामूहिक अन्त्येष्टि गरिएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले बताउनुभयो । ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकको आरुबोटेमा सामूहिक अन्त्येष्टि गरिएको हो ।
विभत्स हत्याकाण्डमा हत्या गरिएका बमबहादुरका ज्वाइँ धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ स्थित सराङडाडाँको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिएको छ । शेर्मा परिवारका ४१ वर्षीय धनराज शेर्मासहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाक छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको थियो । उनीहरुको पनि एउटै चित्ता बनाएर सामूहिक अन्त्येष्टि गरिएको हो ।
मंगलबार दिउँसो घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका बमबहादुरको कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि अन्त्येष्टि गरिएको छ । उनको धरानमा अत्न्येष्टि गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताउनुभयो । मानबहादुर घटनामा संलग्न हुनसक्ने प्रहरीको आशंका थियो ।
विभत्स हत्या गरिएका ९ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिम गरी १० जनाको शव धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा पोष्टमर्टम गरिएको थियो । शव पोष्टमर्टमपछि माखिमको धरानमै अन्त्येष्टि गरिएको हो ।
मिक्लाजुङवासी स्तव्ध
एउटै गाउँका, एकै दिनमा ९ जनाको शरीर आगोले जलेर खरानी भइरहँदा बिहीबार मिक्लाजुङवासी मात्र नभएर त्यस ठाँउमा पुगेका सबै मानिस स्तव्ध देखिए । सबैका आँखामा आँसु थियो ।
गाउँलेमा कुनै उत्साह देखिएन । गाउँनै पुरै यतिखेर शोकमा डुबेको छ । ‘एउटा सपनाजस्तो महसुस गरिरहेका छन् । सपनाजस्तो लागेको छ । काम गर्ने मनै छैन । यो भन्दा दर्दनाक र भयावह अवस्था मानिसमा के हुन सक्छ र ?’ स्थानीय बताउँछन् ।
मान्छे पनि यति क्रुर र कठोर हृदय भएको हुन्छन र ? यीनै कुराहरु एक आपसमा गर्दै बसेका छन् गाउँले । गाउँमा विभत्स हत्याकाण्डपछि सरकारी कार्यालय सुनसान छ । सधैँ सेवाग्राहीको चाप हुने कार्यालयमा सेवाग्राही आएका छैनन् । गाँउमा सुरक्षाकर्मीको बाक्लो परिचालन भए पनि मनबाट भय हट्न नसकेको स्थानीयवासी बताउँछन् ।
विभत्स हत्याकाण्डको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।