रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इलाम - बाटो निर्माण गर्ने क्रममा रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् ।
रुखले लागेर घाइते भएका १२ वर्षीय भेषराज गजमेरको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घाइते भएकी १४ वर्षीया कृतिका रसाइलीलाई थप उपचारका लागि बिर्ता सिटी हस्पिटल झापा लगिएको प्रहरी कार्यलय इलामले जनाएको छ ।
सूर्योदय नगरपालिका-६ तारगाउँको हर्कटेबाट थापा गाउँसम्म जाने भित्री सडक खन्ने क्रममा बाटोको किनारमा रहेको रुख ढलेको थियो । रुख ढल्दा विद्यालय जाँदै गरेका दुई जना बालबालिका घाइते भएका थिए ।
घटनापछि को १ ख २४२७ नम्बरको डाेजरका चालक २९ वर्षीय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिइएको छ । यसअघि पनि बाटो निर्माण गर्ने क्रममा ढुङ्गाले लागेर एक बालिकाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।