तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
पुस ३, २०८१ बुधबार
बाँके - नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा कर्मचारीहरुको मिलेमतोमा शेयर सदस्यहरुले बचत गरेको २५ करोड रुपैयाँ हिनामिना भएको छ ।
कर्मचारीको मिलोमतोमा ठूलो रकम हिनामिना भएको भन्दै सञ्चालक समितिले १५ दिनसम्म सहकारी संस्था बन्द गर्ने सूचना जारी गरेपछि बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार सहकारी तथा प्रशासनमा घेराउ गरेका छन् ।
२०५१ सालमा स्थापना भएको सहकारी नेपालगञ्जको नाम चलेका मध्येको एक हो । सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले कर्मचारीहरुको मिलेमतोमा सहकारीभित्र ठूलो रकम हिनामिना भएको आशंकामा आन्तरिक छानबिन गरी चारजना कर्मचारी दोषी पाइएको जानकारी दिनुभयो ।
मंसिरमा सहकारीले छानबिन समिति गठन गरेकोमा गएको चैतमा प्रतिवेदन दिएको हो । प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै अध्यक्ष चौधरीले वैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एक वर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताउनुभयो । तर उनीहरुमध्ये तीनजना सम्पर्कविहीन रहेका छन् ।
सहकारीको छानबिन समितिको प्रतिवेदनअनुसार प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि बिरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।