स्पेनिस ला लिगा: फिक्सिङकाे आराेपमा रियल म्याड्रिडका पूर्व स्टार ब्राभाेलगायतका खेलाडी पक्राउ

 जेठ १४, २०७६ मंगलबार २०:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

याे सिजन स्पेनिस ला लिगाबाट रेलिगेसनमा परेको हुयेस्काका अध्यक्ष अगस्टिन लासाओसासहित शीर्ष र दोस्रो डिभिजनका केहि खेलाडीहरु खेल मिलोमतोको आरोपमा पक्राउ परेका छन् ।

स्पेनिस सञ्चारमाध्यमले सुरक्षा निकाय र स्रोतलाई उदृत गरी आरोपितको नाम सार्वजनिक गरेका छन् । फुटबलमा हुने अनियमितताको अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।

राउल ब्राबोलाई यस प्रकरणको मुख्य अभियुक्त मानिएको छ । त्यस्तै रियल भालाडोलिडका बोर्जा फर्नान्डेज, गेटाफेका पूर्वखेलाडी कार्लोस अरान्दा र सामु साइज, डिपोर्टिभो आलाभेसका इनिगो लोपेजलाई स्पेनिस प्रहरीले पक्राउ गरेको छ ।

यसबाहेक हुयेस्काका अध्यक्ष लासाओसा र क्लबका मेडिकल टिमका प्रमुख जुहान कार्लोस गालिन्दो पनि पक्राउ परेका छन् । स्पेनिस प्रहरीले क्लबको केन्द्रीय कार्यालयमा घण्टौं लगाएर खानतलासी गरेको थियो ।

स्पेनिस पुलिस स्रोतले स्थानीय समाचार एजेन्सी ईएफईलाई बताएनुसार यो अभियान खेलका क्रममा हुने सट्टेबाजीको बारेमा अनुसन्धान गर्नका लागि हो जुन संगठित अपराध, भ्रष्टाचार र तस्कारी पनि जोडिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया