गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।
बुधबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा काङनाम विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको हो । लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको मानार्थ उपाधि सिँगो देश र जनताको सम्मानको रुपमा आफूले लिएको बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।