गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गर्नु भएको हो ।
मञ्चमै बसिरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कँदै उहाँले आफूले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताउनु भयो । ‘महिला हेला गर्ने विषय हुँदै होइन’, प्रधानमन्त्री ओलीको भनाइ थियो,‘ मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहन्छु । मैले बोलेका कुरामा फरक/वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’
प्रधानमन्त्री ओलीले महिलाको उत्थानबिना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागी पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।