प्रधानमन्त्रीमा आलोपालो अमर्यादित र अशोभनीय : मोहन वैद्य

 जेठ १७, २०७६ शुक्रबार १०:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गर्नुभयो ।

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप उहाँले लगाउनुभयो । उहाँले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनु भयो ।

महासचिव वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको बताउनुभयो । वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गर्नुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Purshottam thakur

    May 31, 2019, 10:40 a.m.

    It's Good

  •  0 Reply

तपाईको प्रतिक्रिया