च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – नेपाली कांग्रेसले सरकारले गरेका मनपरी कामविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको संसदीय दलको बैठकले सरकारले तानाशाही ढंगले काम गर्न थालेको भन्दै अब चुप नबस्ने चेतावनी दिएको हो । बैठकले डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको अनसनलाई समर्थन पनि गरेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न र माग पूरा गर्न दबाब दिन प्रकाश रसाइली, दिनबन्धु श्रेष्ठ र रंगमती शाहीलाई भोलि जुम्ला पठाउने निर्णय पनि कांग्रेसले गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
यसअघिको सरकारले ल्याएको अध्यादेशको मर्म नमर्ने गरी र नागरिकको हितको पक्षमा हुने चिकित्सा शिक्षा विधयेक ल्याउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
यस्तै छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीको अनसनलाई समर्थन गर्दै अवस्था बुझ्न पार्वती डिसी चौधरी, अमरेश कुमार सिह र देवप्रसाद तिमल्सिनालाई आजै वीर अस्पताल पठाउने निर्णय भएको पनि नेता खाँडले जानकारी दिनुभयो ।
सरकारले काठमाडौंका ६ स्थानमा मात्रै प्रदर्शन गर्न लगाएको उर्दी तोड्ने र निषेधाज्ञा लगाएका ठाउँमा प्रदर्शन गर्ने निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको छ । निधेषाज्ञाको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्ने, दुवै सदनमा कुरा उठाउने तर अटेरी गरेर प्रतिबन्ध लगाइएका ठाउँमा गएरै प्रदर्शन गर्ने पनि नेता खाँडले जानकारी दिनुभयो ।
यस्तै महंगी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।