उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
वेस्ट इण्डिजका २२ वर्षीय तीव्र गतिका बलर ओशाने थोमसले पहिलो विश्वकपमै सनसनी मच्चाएका छन् । उनको बलिङ सामु पाकिस्तानी ब्याट्सम्यानहरु टिक्न धौ-धौ हुँदा चार जना मुख्य खेलाडी उनकै बलमा आउट भए ।
तीव्र गति र सर्ट पिच बलमा पाकिस्तानी ब्याट्सम्यानहरुले इंग्ल्याण्डको पिचमा रन बनाउन सकेनन् । विश्वकपको डेब्यू खेलमा उनले जम्मा ५ दशमलव ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ४ विकेट लिए । उनको कसिलो बलिङकै कारण पनि पाकिस्तान १०५ रनमा अल आउट हुन पुग्यो ।
थोमसले पाकिस्तानका मुख्य ब्याट्सम्यानहरु बाबर आजम, मोहम्मद हफीज, शदाब खान र वहाब रियाजलाई पेभेलियनको बाटो देखाएका थिए ।
१६ वर्षको उमेरमा थोमसको जीवनमा ठूलो घटना घटेकाे थियाे । उनका २० वर्षीय दाजुको उनकै आँखा अगाडि गोली हानेर हत्या गरिएको थियो ।
संघर्षको कहानी
उनी २० वर्षको उमेरमा जमैकाको राजधानी किंग्सटन गए जहाँ उनीमाथि सांघातिक हमलासमेत भएको थियो । उनी सुपर मार्केट जाँदा एटिएम बाहिर तीन जना गुण्डाले पैसा, घडी र चेन लुटेर लगेका थिए ।
थोमसले वेस्ट इण्डिजका लागि सन् २०१८ मा डेब्यू गरेका थिए । उनी अहिले टिमका मुख्य बलरसमेत हुन् । जमैकाका तीव्र गतिका बलर थोमसमा १४०/१५० किमिको गतिमा बल फाल्ने क्षमता छ । राष्ट्रिय टिममा पुग्न थोमसले आफ्नै अगाडि दाइको हत्या देख्नु र आफैँ लुटिएपछि पनि हिम्मत नहारी क्रिकेटमा लागेका थिए ।
ओशानेको क्रिकेट करियर
सन् २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थोमसले सबैको ध्यान केन्द्रित गर्न सफल भए । उनले पाँचमध्ये तीन खेलमा शिखर धवनको विकेट लिएका थिए । पहिलो टी–२० मा एकै ओभरमा रोहित शर्मा र शिखरलाई आउट गरेका थिए । उनले अहिलेसम्म १० एक दिवसीय र ७ टी-२० खेलेका छन् ।
क्रिकेट यात्रा
क्यारेबियन प्रिमियर लिगका लागि भएको ट्रायलमा क्रिस गेलले उनलाई ल्याएका थिए । त्यसको प्रदर्शनका कारण उनी वेस्ट इण्डिजको टिममा परे । आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका उनी पहिलो पटक विश्वकपको टिममा परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।