डाक्टर भट्टराईको प्रश्न : यो सरकारले मार्क्सवादको कुन चाहिँ धारलाई पक्षपोषण गर्छ ?

 असार २०, २०७५ बुधबार १४:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार लोकतन्त्र र समाजवादको सिद्धान्त र नीति विपरीतका क्रियाकलाप गर्न उद्धत भएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय मागेर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र,समाजवाद र साम्यवादको सिद्धान्त र नीति विपरीत अघि बढेको बताउनुभयो । 

केही समय यता देखा परेका घटनाहरु लोकतन्त्र र समाजवादको सिद्धान्तले परिकल्प गरेका नीतितर्फ उन्मुख नभएको भन्दै उहाँले चिन्ताका व्यक्त गर्नुभयो । यो निर्णयले लोकतन्त्रको सामान्य मुल्य मान्यतालाई कुण्ठित गर्ने काम गरेको भन्दै त्यो मान्य नहुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले मार्क्सवादको कुन चाहिँ धारलाई पक्षपोषण गर्छ ? स्पष्ट पारियोस् ।”

सबैले मिलेर बनाएको संविधानको प्रस्तावनामा नै उल्लेख लोकतन्त्रमा आधारित समाजवाद उन्मुख प्रणाली भनेकाले समाजवाद र लोकतन्त्रलाई अपनाउने नीति सरकारले लिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्दै जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै बाढी पीडितको उद्धारमा पनि उपयुक्त ध्यान पुर्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया