एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले पहिलो जित निकालेको छ ।
प्रदेश ५ ले एपीएफ क्लबलाई डकवर्थ एण्ड लुइस नियमका आधारमा ३ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै १८४ रन बनाएको थियो । तर, वर्षाले खेल रोकिएपछि ३२ ओभरमा खेल झारिँदा प्रदेश ५ ले १४२ रनको नयाँ लक्ष्य पाएको थियो ।
एपीएफका लागि प्रदीप सिंंह ऐरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेले भने सन्दीप जोराले २२ तथा शरद भेषवाकरले १४ रन बनाए । भिम सार्की १३ रनमा आउट हुँदा आसिफ शेखले ११ रन जोडे । प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा सन्दीप सुनारले २ विकेट लिए ।
एपीएफले दिएको १४२ रनको लक्ष्य प्रदेश ५ ले २९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । वर्षाको कारण ३२ ओभरमा झारिएको खेलमा प्रदेश ५ लाई जिताउन प्रनित थापा मगरले अविजित ३० रन बनाए । यस्तै सौरभ खनालले २९ तथा सुबेन्दु पाण्डेले २० रन बनाए । एपीएफका लागि अमर सिंह रौटेलाले २ विकेट लिए ।
जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । अब प्रदेश ५ ले एक खेल खेल्न बाँकी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।