च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधबार दिउँसो माइतीघर मण्डलामा सरकारले लगाएको निषेधित क्षेत्र तोडिएको छ ।
नेविसंघका पूर्व अध्यक्षसमेत रहेका पौडेलको नेतृत्वमा युवा तथा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोडेको हो । प्रहरीको बाक्लो परिचालनका बाबजुद पनि निषेधित क्षेत्र तोडिएको पौडेलले बताउनुभयो ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्रहरु तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप पौडेलले लगाउनुभयो ।
सरकारको ज्यादतीविरुद्ध नेपाली कांग्रेसले अब देशव्यापी संघर्ष चर्काउने पौडेलले बताउनुभयो । निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ आवद्ध विद्यार्थीहरुले सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।
युवा विद्यार्थीहरुको सशक्त आन्दोलनका कारण अब वर्तमान सरकार चाँडै घुँडा टेक्न बाध्य हुने नेविसंघ महामन्त्री कुन्दन काफ्लेले बताउनुभयो । प्रहरीसँगको झडपमा परि निरञ्जन थापा, अर्वत खड्कालगायतका विद्यार्थी घाइतेसमेत भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।