अमेरिकी सामानमा १५ प्रतिशतसम्म थप कर लगाउने चीनको घोषणा
माघ २२, २०८१ मंगलबार
दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान सुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।
इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गर्नेछ ।
बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन् ।
‘बेलायती ध्वजाबाहक विमानसेवा सुरु भएको छ । धेरै किसिमबाट यति निकट दुबै मुलुकबीचको सम्बन्धलाई अझ निकट ल्याएको छ,’ पाकिस्तानका लागि बेलायती उच्चायुक्त थोमस ड्रयूले बताएका छन् ।
अहिलेसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले मात्र दुबै मुलुकबीच सिधा उडान गर्दै आएको थियो । म्यारिओट होटलमा आक्रमणपछि दुई मुलुकबीचको हवाई यात्राका लागि मध्यपूर्वका विमानसेवाहरु खासगरी एतिहाद र इमिरेट्समा निर्भर रहनुपर्ने बाध्यता थियो ।
पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीहरुले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो । त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन् ।
पाकिस्तानले पछिल्ला १५ वर्ष मुलुकभित्रै सक्रिय लडाकू समूहसँग सङ्घर्ष गर्नु परेको थियो जसका कारण हजारौंको ज्यान गइसकेको छ । तर पाकिस्तानको अवस्था पछिल्ला केही वर्षदेखि नाटकीय रुपमा सुधार आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।