मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
अभिनेत्री प्रियंका चोपडा फिल्म निर्माता सञ्जयलीला भन्सालीका साथ फिल्म ‘बाजीराव मस्तानी’ पछि एक पटक फेरि काम गर्ने कुराले निकै उत्साहित थिइन् । तर अब भने उनले यस फिल्ममा काम गर्ने अवसर गुमाइसकेकी छिन् ।
प्रियंकाले यस फिल्ममा काम गर्न नपाउनुको पछाडिका कारण सलमान खान हुन् । प्रियंकाले जति उत्साहित भएर सञ्जयलीला भन्सालीको अब आउने फिल्म साइन गरेकी थिइन् त्योभन्दा बढी निरास भएर उनले यस फिल्मबाट बाहिरिनु परेको छ ।
सलमान खान र प्रियंका चोपडाबीचको मनमुटावको लामो इतिहास नै रहेको छ । केही वर्षअघि डेविड धवनको फिल्म ‘मुझसे सादी करोगे’ मा सलमान खानले प्रियंकाका साथ काम गर्न अस्वीकार गरिदिएका थिए । फिल्मका दोस्रो अभिनेता अक्षयले पनि प्रियंकाका साथ काम नगर्ने भनेका थिए । तर त्यो अर्कै कथा थियो ।
तर सलमान खान र प्रियंकाबीचको मनमुटाब त्यति बेला झनै बढ्यो भयो जुन बेला प्रियंका आफैले निर्देशक अली अब्बास जफरसँग फिल्म ‘भारत’ मा सलमान खानको अपोजिट कास्ट गर्न अनुरोध गरिन् । निर्देशकले सलमानलाई मनाउनका लागि पटक–पटक गरेको कोसिसपछि सलमानले पनि हुन्छ भने तर फेरि अन्त्यमा आएर प्रियंकाले फिल्म छोडिदिइन् । त्यही बेलादेखि सलमान खान र प्रियंका चोपडाबीचको सम्बन्ध बिग्रिएको थियो ।
त्यसपछि सलमान खानका नजिकका साथीहरुले अब सलमान खान र प्रियंका चोपडालाई एकसाथ एउटै फिल्ममा हेर्नका लागि यो जुनीमा सम्भव नरहेको बताएका थिए । अहिले सञ्जयलीला भन्सालीका अगाडि पनि २ वटा अप्सन थिए । र उनले सलमान खानलाई रोज्दै प्रियंका चोपडालाई बाहिरको बाटो देखाइदिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।