चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । लामो अवधिको प्रतियोगिता हुनुका बाबजुद दुवै टोलीका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ । र, यस स्तरमा टिमका लागि एक जितले उसको सम्बन्धित बाटोका लागि आत्मविश्वास अवश्य बढाउनेछ ।
यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।
बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।
श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन । नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।
अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ, जसले २० एकदिवशीय खेलमा ३३५ रन र २० विकेट चड्काएका छन् ।
बंगलादेशलाई विश्वकपमा आफ्नो सुरुआतीमा गर्व छ । उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जितका लागि संघर्षमा असफल भएको छ ।
घरेलु टोली इंग्लयाण्डसँग १ सय ६ रनको पराजय ब्यहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।
बंगलादेशले रन बनाउने र विकेट लिने क्षमता प्रदर्शन गरिसकेको छ । निर्णायक खेलमा श्रीलंकाबिरुद्ध उसको सबै पक्षले शतप्रतिशत प्रदर्शन गर्ने अपेक्षा कप्तान मश्रफी मोर्तजाले गरेका छन् ।
ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।