माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटियाे
फागुन ४, २०८१ आइतबार
बलिउड चलचित्र उद्योगमा केही अभिनेताहरुले आफ्नै दममा स्टारडम बनाएका छन् । तीनै चर्चित अभिनेताका छोराहरु पनि त्यो स्टाडरम बनाउन चाहन्छन् तर सबैले सक्दैनन् ।
केही स्टारका छोराहरु यस्ता पनि छन्, जो आफ्नो बुबाको स्टारडमकै दममा बलिउडमा आए तर केही खास गर्न सकेनन् ।
तुषारले चलचित्र ‘मुझे कुछ कहना है’ बाट अभिनयको सुरुवात गरेका थिए । उनले बुबालेजस्नै स्टारडम बनाउन सकेनन् । उनी निकै कम चलचित्रमा मात्र मुख्य अभिनेताका रुपमा देखिएका छन् । धेरैजसो चलचित्र फ्लप भएपछि उनी चलचित्रको सह भूमिकामा मात्र देखिन्छन् ।
हिन्दी चलचित्रका चर्चित अभिनेता तथा ‘डिस्को डान्सर’ मिथुन चक्रवर्ती चलचित्रमा आफ्नो छुट्टै पहिचानका लागि चिनिन्छन् । उनले ८० को दशकमा हिन्दी चलचित्रमा आफ्नो पहिचान बनाएका थिए । तर उनका छोरा महाक्षयको फिल्मी करियर लथालिङ्ग नै छ । महाक्षयलाई दर्शकहरु चलचित्र ‘हन्टेड’ बाट चिन्छन् तर त्यसपछि उनको यस्तो कुनै चलचित्र आएन, जो याद गर्न लायक होस् ।
चलचित्र उद्योगमा माझिएका अभिनेता हुन्, अनुपम खेर । आज पनि आफ्नो अभिनयका कारण उनी बलिउडमा राज गरिरहेका छन् । उनको स्टारडम पनि कुनै सुपरस्टारभन्दा कम छैन । तर उनका छोरा सिकंदर खेरको फिल्म करियर भने केही विशेष छैन । उनको कुनै एक चलचित्रको नाम दर्शकहरु नसोचेसम्म भन्न सक्दैनन् । उनको पहिलो चलचित्र ‘वुडस्टक भिला’ सन् २००८ मा आएको थियो ।
फिरोजले ‘कुर्बानी,’ ‘यलगार’ र ‘गीता मेरा नाम’ जस्ता हिट चलचित्रहरु दिएका छन् । फिरोजपछि उनका छोरा फरदीन खानले पनि सुरुवाती दिनमा औसल चलचित्रहरु दिएका थिए । सन् १९९८ मा आएको चलचित्र ‘प्रेम अग्न’ बाट फरदीनले बलिउडमा पाइला राखेका थिए । तर एकाएक उनी ठूलो पर्दाबाट गायब भए । त्यसपछि उनी सहायक भूमिकामा उनी धेरै पटक देखिएका छन् ।
ब
बलिउडका चर्चित अभिनेता तथा सम्वाद लेखक कादर खानका छोरा सरफराज खान यस्ता स्टार किडमा पर्छन्, जो एक सुपरस्टारका छोरा हुँदा पनि जम्न सकेनन् । सरफराजले सलमान खानसँग तेरे नाम, वान्टेड जस्ता चलचित्रमा काम गरेका छन् । तर एक अभिनेताका रुपमा सफलता हात पर्ने उनको कोसिस आज पनि जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।