देशकाे विकास र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सरका...
फागुन ४, २०८१ आइतबार
‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिएको भन्दै भड्किएका फ्यानहरुलाई अभिनेता अक्षय कुमारले हात जोड्दै नकारात्मक कुराको पछाडि नलाग्न अपिल गरेका छन् ।
अक्षयले आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै लेखेका छन्, ‘पछिल्ला केही दिनदेखि मेरा नजिकका अर्थात् तपाइँहरुले नकारात्मक ट्रेण्ड चलाइरहनु भएको छ । तपाइँहरुको रिसलाई बुझ्न सक्छु । म केवल हात जोडेर बिन्ति गर्न चाहन्छु कि यस किसिमका ट्रेण्डको सुरुवात नगर्नुहोस् र यस्तो नकारात्मक कुराको पछाडि नलाग्नुहोस् । मैले ‘सूर्यवंशी’ एकदमै सकारात्मक दृष्टिकोणका साथ सुरु गरेको थिए । तसर्थ यसलाई त्यही रुपमा बन्न र प्रदर्शन हुन दिनुस् ।’
— Akshay Kumar (@akshaykumar) June 14, 2019
यस अघि रोहित शेट्टीको निर्देशनमा बन्दै गरेको तथा अक्षय कुमार र कट्रिना केफको अभिनय रहने चलचित्र ‘सूर्यवंशी’ सन् २०२० को इदको अवसरमा रिलिज हुने बताइएको थियो । तर पछि सलमान खानको चलचित्र ‘इन्शाअल्लाह’ सँग जुध्ने भएपछि ‘सूर्यवंशी’ तोकिएको मिति भन्दा दुई महिनाअघि २७ मार्च २०२० मा सारिएको छ ।
चलचित्रको मिति परिवर्तन भएपछि सलमान खानले रोहित शेट्टी आफ्नो ‘भाइ’ सरह रहेको र त्यो कुरालाई रोहितले पनि साबित गरिदिएको भन्दै ट्वीट गरेका थिए । सलमानले ‘सूर्यवंशी’ को परिवर्तित प्रदर्शन मिति पनि सार्वजनिक गरेका थिए ।
— Salman Khan (@BeingSalmanKhan) June 12, 2019
अक्षयको चलचित्रको मिति अचानक परिवर्तन भएपछि उनका फ्यानहरुलाई यो कुरा चित्त बुझेन । फ्यानहरुले निर्देशक रोहित शेट्टीले अक्षय कुमारको इच्छा विपरीत चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेको आरोप लगाइरहेका छन् । अक्षयका फ्यानहरुले रोहित शेट्टीविरुद्ध ट्विटरमा क्याम्पेन चलाउँदै ट्रोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।