तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
पुस ३, २०८१ बुधबार
बाँके - भारतकाे रुपैडियाबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार २० लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नागरिक २० लाख नेपाली रुपैयाँसहित पवन गुप्ता र कमल गुप्तालाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेकाे हाे । पक्राउ परेका दाजुभाइ रहेकाे र पक्राउ पर्नासाथ नेपालगञ्जको बैंकमा रकम जम्मा गर्न ल्याएको बयान दिएका थिए ।
तर केही समयपछि साट्न ल्याएको भन्दै बयान परिवर्तन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
यसअघि गएको फागुन २२ गते शरीरका विभिन्न भागमा लुकाएर ल्याइँदै अवस्थामा नेपालगञ्जको पासाङल्हामु मार्गबाट भारतीय नगरिकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना १२ वर्षीय नेपाली बालकसमेत थिए । प्रहरीले पहिलो घटना झैँ शनिबारको घटनामा पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जनाएको छ ।
सीमापारी रुपैडियामा सबै पसलमा नेपाली रुपैयाँको कारोबार हुने गरेको छ । यसरी कारोबार हुँदा नेपाली उपभोक्ताले चलनचल्ती भन्दा बट्टा बापत थप पनि तिर्नुपर्दछ । यसरी जम्मा भएको रकम नेपाल ल्याएको नेपाली व्यवसायीले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।