भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङको सडकमा लगातार दोस्रो दिन आइतबार पनि मानिसहरुले व्यापक विरोध गरे । मानिसहरुको प्रदर्शनलाई मध्यनजर गर्दै हङकङकी प्रमुख कार्यकारीले माफी मागे पनि पदबाट हट्न भने मानेकी छैनन् ।
हजारौंको संख्यामा मानिसहरु सुपुर्दगी कानुनको विरोधमा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले ‘नराम्रो कानुन फिर्ता गर’ भन्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गरिरहेका थिए ।
‘प्रमुख कार्यकारी अधिकारीले आफ्नो सरकारका कारण हङकङमा संघर्ष र विवाद उत्पन्न भएको र नागरिकहरु निराश र दुःखी भएको स्वीकार गर्नुभएको छ,’ मुख्य कार्यकारी क्यारीको कार्यालयले जारी गरेको बयानमा भनिएको छ ।
प्रमुख कार्यकारी क्यारीले नागरिकहरुसँग माफी मागेको र आलोचनालाई पूर्ण इमान्दारी र विनम्रताका साथ स्वीकार गरेको बताइएको छ । विवादास्पद सुपुर्दगी कानुनको अनिश्चितकाल स्थगित गर्ने क्यारीको घोषणाको एक दिनपछि यो बयान आएको हो ।
हङकङका प्रभावशाली प्रमुख छात्र कार्यकर्ता नोशुआ वोंगले पनि प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
June 17, 2019, 1:30 p.m.हाम्रो देश मा ब्यापकबिरोध भैरहेको गुठी संबन्धी बिधेयक लाई फिर्ता लिदै ओलि ले पनि माफी माग्ने नैतिकता देखाउन सक्लान ? होङ कोङ को भन्दा अझा जटिल कुरो हो हाम्रो नेपाल को ।