नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
बाँके - महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा प्रदेश १ र प्रदेश ५ ले जित हासिल गरेका छन् ।
शुक्रबार भएको प्रतियोगितामा प्रदेश १ र प्रदेश ५ ले समान ८ विकेटकाे जित हासिल गरेको हुन् । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग रोजेको प्रदेश २ ले निर्धारित ओभरमा ९ विकेट गुमाउदै ७१ रन जोडेको थियो ।
यसका लागि सर्वाधिक शान्ति चौधरीले १४, शोभा आले र सरस्वती चौधरीले समान १३ रन जोडे। ७२ रनको लक्ष्य बोकेर जवाफी ब्याटिङ गरेकाे प्रदेश १ ले १४ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । उसका लागि सर्वाधिक रुबिना क्षेत्रीले २६ र काजोल श्रेष्ठले १९ रन बनाए ।
यस्तै, दोस्रो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले हराउदै गण्डकीले जित हासिल गरेको छ । दोस्रो खेलमा पहिले टस जितेर ब्याटिङ्ग रोजेको गण्डकी प्रदेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । उसका लागि सर्वाधिक शुसिला गुरुङ्गले १९ रन र श्रृष्टि पौडेलले १८ रनकाे याेगदान दिए ।
७९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेकाे प्रदेश ५ ले १२ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । उसका लागि सर्वाधिक गिता गोसाईले २० र निरु थापाले १० रन जोडे ।
प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा प्रदेश ३ र प्रदेश २ तथा दोस्रो खेलमा प्रदेश १ र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।