चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
उपाधि दाबेदार मानिएको भारतले आईसीसी एकदिवसीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ ।
अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् । साउथह्याम्प्टनमा भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो । मोहम्मद नाबीले अर्धशतकीय पारी खेल्दै अफगानिस्तानलाई जितनजिक पुर्याइसकेका थिए ।
अन्तिम ओभरको तेस्रो बलमा नाबी शामीको बलमा क्याचआउट भएपछि अफगानिस्तानको आशा समाप्त भएको थियो । अफगानिस्तानले मध्यम सुरुवात गरेको थियो । ओपनर हज्रतुल्लाह जाजाईले १० र गुलाबदिन नइवले २७ रन बनाएर आउट भए ।
तेस्रो नम्बरका रहमत शाहले ३६ र हसमतुल्लाह शाहिदीले २१ रन जोडे । अस्घर अफगान ८ रनमै आउट भएपछि छैटौं नम्बरमा आएका नाबीले ५५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । एउटा एण्डबाट नाबीले सम्हालिएको ब्याटिङ गरे पनि अर्को एण्डबाट विकेट झरिरह्यो ।
नाजिबुल्लाह जदरान २१ र रशिद खान १४ रन जोडेर आउट भए । भारतका मोहम्मद शामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए । ४९.३ ओभरमा मोहम्मद नाबीलाई हार्दिक पाण्ड्याको हातबाट क्याचआउट गराएका शामीले त्यसपछिका लगातार दुई बलमा अफ्ताब आलम र मुजिब उर रहमानलाई क्लिन बोल्ड गरे ।
विश्वकप क्रिकेटमा यो दशौं ह्याट्रिक विकेट हो । विश्वकपमा ह्याट्रिक विकेट लिने शामी दोस्रो भारतीय बलर बनेका छन् । सन् १९८७ को विश्वकपमा भारतका चेतन शर्माले न्यूजिल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । सन् २००७ को विश्वकपमा श्रीलंकाका लसिथ मालिंगाले लगातार चार बलमा ४ विकेट लिएर कीर्तिमान बनाएका थिए ।
बलिङमा शामीले ह्याट्रिकसहित ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चहल र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए । बुमराह खेलको म्याच अफ द म्याच चुनिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ५७ रनको साझेदारी भएको थियो । जसमा राहुलले २० रन बनाए । त्यसपछि विजय शंकर पनि २९ रनमा आउट भएपछि भारतले एक सय २२ रनमा तेस्रो विकेट खेर फाल्यो ।
भारतका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न सकेका थिएनन् । उसका लागि कप्तान विराट कोहलीले ६७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्या सात रनमा आउट भए भने मोहम्मद शामी मात्र एक रनमा बाहिरिए । भारतका लागि केदार जाधवले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका लागि मोहम्मद नाबी र गुलबादिन नइवले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।