काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।
लमजुङ र मनाङ सिमानाको मार्दी खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । मनाङबाट बेसीशहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् ।
सडक निर्माण भएको एक दशकपछि मनाङ जोड्न लमजुङ सीमानाको म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।
यस्तै तिमाङ खोलाको छहरेमा राखिएको ह्युम पाइपसहितको अस्थायी काठे पुल बगाएको ५ । पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।
मनाङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार आइतबार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुई वटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव बढेकोले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।