च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमावली विपरित प्रतिनिधिसभाको शुक्रबारको बैठक अवरुद्ध पारेको सरकारले आरोप लगाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद नियमावली विपरित प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको आरोप लगाउनुभएको हो ।
काँग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेलगत्तै छलफल गर्न माग गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्नु संसद नियमावली विपरित रहेको उहाँको दावी छ ।
मन्त्री तामाङका अनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएको २ घण्टाअघि त्यस सम्बन्धमा संसदमा छलफल गराउन नमिल्ने नियमावलीमा व्यवस्था छ ।
त्यस व्यवस्था विपरीत कांग्रेसले तत्काल कार्यसूचीमा राखेर छलफल अघि बढाउन माग गर्दै बैठक अवरुद्ध पार्नु विधिको उल्लंघन भएको मन्त्री तामाङको तर्क छ ।
मन्त्री तामाङले जुम्लामा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यको जिम्मेवारी सरकारले लिने पनि बताउनुभयो ।
कांग्रेसको तर्फबाट सांसदहरु दिलेन्द्रप्रसाद बडु, पार्वता बिसी चौधरी र अजहर कमल मुसलमानले प्रतिनिधिसभा बैठक बस्नु केहीबेर अघि वरिष्ठ चिकित्सक केसीको जीवन रक्षा र चिकित्सा राष्ट्रिय शिक्षा विधेयक जस्ताको तस्तै कार्यसूचीमा राखेर छलफल अघि बढाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेसको त्यो माग संघीय संसद नियमावली विपरित रहेको कानुन मन्त्री तामाङको दावी छ ।
सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धित मन्त्रीसँग छलफल गरेर मात्रै अघि बढाउने व्यवस्था संघीय संसद नियमावलीमा गरिएको छ ।
त्यही व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राजधानी बाहिर रहेकाले उहाँ आएपछि त्यो सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अघि बढाउन प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित गर्नु परेको संघीय संसद सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।