माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटियाे
फागुन ४, २०८१ आइतबार
काठमाण्डौ – चर्चित लोकगीत 'गलबन्दी' को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीच भैरहेको विवाद मिलेको छ ।
गायक राईले आफ्नो 'आउ नाचौँ साथी हो कम्मर कसेर' बोलको गीतको लय प्रकाश सपूतले 'गलबन्दी' गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हाल्नुभएको थियो ।
बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । सहमति अनुसार प्रकाश सपूतको 'गलबन्दी' गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ ।
तर गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमति भएको छ ।
त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।