च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडाैं - नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारबाटै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा ल्याउन र वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै आफूहरुले सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनु भयो ।
आन्दोलनको कार्यक्रम अनुसार शुक्रबारबाटै देशभरका सबै चिकित्सकहरुलाई कालोपटी बाँधेर काम गर्न आह्वान गरिएको छ ।
अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आईतबार ज्ञापन पत्र बुझाउने पनि जानकारी दिनुभयो ।
संघले वरिष्ठ चिकित्सक केसीसँग विगतमा गरिएका सहमति ७२ घण्टा भित्र सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।
विगतका सरकारले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक गरेको सहमति ७२ घण्टाभित्र सम्बोधन नभए आफूहरु दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
संघले जुम्लामा आमरण अनसन बस्नु भएका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझन उपाध्यक्ष डा. ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई अनसनस्थल पठाउने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।