च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले चार नम्बर प्रदेशको नाम गण्डकी राखिएकोमा आपत्ति जनाउनु भएको छ ।
पूर्व प्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता किरण गुरुङहरुले मालिकको नुनको सोझो गरेको आरोप लगाउनु भएको छ । भट्टराईले नेकपाले उत्पीडित जाति तथा राष्ट्रियतालाई धोका दिएको आरोप समेत लगाउनु भएको छ । प्रदेशको नाम गण्डकी राख्दा ‘गण्डकी अञ्चल’ कै ह्वास्स गन्ध आएको बताउँदै उहाँले यस्तो बेला दीपावली गर्न लगाउनु विडम्वना भएको बताउनु भएको छ ।
पंचायतका बालाराम घर्तीमगरहरूको बिडो थाम्दै नेकपाका किरण गुरूंगहरूले मालिकको नूनको सोझो गर्दै आफ्नै उत्पीडित जाति/राष्ट्रियतालाई धोका दिनु र उल्टै 'गण्डकी अंचल'को ह्वास्स गन्ध कायम गरेकोमा सोझा जनतालाई दीपावली गर्नलगाउनु कत्रो विडम्बना!यस्ता पाखण्डी सजातीयहरूबाट जनता कहिले मुक्त? https://t.co/iLtCmXDgJ8
— Baburam Bhattarai (@brb1954) 6 July 2018
प्रदेशसभामा रहेका ५९ जना सांसदमध्ये ५४ जनाले गण्डकी नाम राख्ने मत दिएका थिए । नयाँ शक्तिका दुई जना सांसदले विपक्षमा मत दिए । नयाँ शक्तिले प्रदेश चारको नाम ‘तमुवान–मगराँत’ वा ‘गण्डकी–तमुवान’ राख्नुपर्ने बताउँदै आएको थियो ।
त्यसैगरी जनमोर्चाका सांसद टेकबहादुर घर्ती संसदमा अनुपस्थित रहनुभयो भने नेकपाका सांसद तथा सभामुख नेत्रनाथ अधिकारी पनि अनुपस्थित रहनुभयो । प्रदेश सभामुख अधिकारी केही समय अघिदेखि विरामी भई उपचाररत हुनुहुन्छ । यस प्रदेशमा कूल ६० जना प्रदेश सांसद रहेका भए पनि स्वतन्त्रबाट निर्वाचित मनाङका दीपक मनाङ्गे संसदमा हुनुहुन्न ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bindi dahal
July 8, 2018, 8:40 a.m.तपाईहरु जस्ता नेता ले जात जात लाई फुटाएर जातिये द्वन्दमा देशलाई पुर्याएको हामिले भुलेका छैनौ।गांडकी नै भए कस्को के बिगृन्छा ।बरु त्याहाका पछाडी परेका गरिब हरुको कसरी उद्वार गर्नेबिकाश कसरी गर्ने त्यो पो राम्रो नेताको पहिचान हो।
PRAKASH BANIYA
July 7, 2018, 2:17 p.m.jasla ja vanapani pardesh no:4 ko name Gorkha raknu partho gorkha vanako purai nepali lai chenauna name ho.
राम भण्डारी
July 7, 2018, 1:52 p.m.यस्ता पाखन्डी नेता लाई विद्वान भन्नू प्रने बाध्यता आउदा पनि ह्वास्सै गन्द आउँछ । ईतिहास नै समाप्त पारे मात्रै बिकास हुन्छ भन्ने तिम्रो काईते सोच ले नै तिम्रो आज यो हविगत भएको हो । आज सम्म पनि नेपाल आमाले अलि अलि सास फेरेकी छ्न त त्यो पुर्खा ले गरेको योगदान को भरमा नत्र त तिमी ब्वासा हरुले जिउँदै निलिसक्न लागेका । ब्यवस्था ठिक थिएन परिवर्तन भयो तर परिवर्तन भन्दै मा बाबु राम को नाम डाकुराम राख्ने त? बाबुराम हुदा त बिद्ध्वम्स मात्रै भयो । नेपाल का खोला नाला जल जङ्गल हिमाल पहाड ती आफैले के गल्ती गरेका छन र तिनको नाम लिन नहुने?
Sandesh neupane
July 7, 2018, 12:33 a.m.प्रदेशको नाम राख्ने बहानामा देश बिगार्दै वरिष्ठहरु
बुध्दिराज घिमिरे
July 6, 2018, 8:13 p.m.नेपालकाे नाम नेपाल रहदा अनि गाेरखाकाे नाम गाेरखा रहदा हाम्रा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई के काे कस्ताे गन्ध अाईरहेकाे हाेला । विराेधकाे पनि कति निम्न स्तर हाे ।