नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
आईसीसी विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्र बनायाे । खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङलाई माथि उठाउने प्रयास गरेका थिए ।
फर्नान्डो ३० रन बनाएर आउट भएपछि टिमको स्कोर ७२ रन पुग्दा अर्का लयमा रहेका ब्याट्सम्यान परेरा पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।
श्रीलंकालाई सस्तैमा अल आउट गर्न क्रिस मोरिस र ड्वेन प्रिटाेरियसले समान तीन-तीन विकेट लिए । त्यस्तै कागिसो राबडाले २ विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।