रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इलाम – गएको वर्ष लागु गरेको कार्यविधि अनुसार नै ‘किसानले चियाको हरियो पत्तीमा गुणस्तर कायम राख्ने भन्नेमा सहमति भए पछि बन्द भएका चिया उद्योग खुल्ने भएको छ ।
सूर्योदय टी एसोसियसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधिबीच किसान र उद्योगीले कार्यविधिमा उल्लेख भएको निर्णय नै लागू गर्ने भन्नेमा शनिबार सहमति भएपछि बन्द भएका सबै उद्योग सञ्चालन गर्ने सहमति भएको हो ।
छलफल गरी सबै पक्षबीच भएको सहमतिमा दुई पात एक सुइरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मूल्यमा खरिद गर्ने सहमति भएको छ । दुई पात एक सुइरो भएको चियाको मुनामात्र नगरको कार्यविधिमा उल्लेख भएको न्यूनतम मूल्य प्रति किलो ४० रुपैयाँ दिने सहमति भएसँगै उद्योग सञ्चालनको वातावरण बनेको सूर्योदय टी एसोसियसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई पात एक सुइरो नभएको चिया खरिद गर्न उद्योगी बाध्य नहुने, चियाको दीर्घकालीन समस्या समाधानका लागि एक समिति बनाउनेलगायतका विषयमा लिखित सहमति भएको छ । सहमति पछि बन्द रहेका सूर्योदय गरपालिकाका ५२ वटै चिया उद्योग आइतबारदेखि नै सञ्चालनमा आउनेछन् ।’
सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले भने नगरले कार्यविधिमा तोकेका सबै कुरा परिवर्तन नहुने बताउनुभयो । तर कतिपय विषयमा भने केही छलफल गरेर दीर्घकालीन समाधान खोज्न सहमति गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले गएको वर्ष नै चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि–२०७५ बनाएको हो । यो कार्यविधिमा हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ कायम गरेको थियो ।
नगरपालिकाले अनुगमन नगरेको, किसानले गुणस्तरीय हरियो चियाको पत्ती उद्योगमा नलगेको, किसानलाई नगरपालिकाले तोकेको मूल्य उपलब्ध गराउन नसक्ने भन्दै चिया उद्योग तीनदिनदेखि बन्द भएका थिए ।
चिया उद्योगीहरुले उद्योग बन्द गरेपछि त्यसको मार बगानका करिब तीन हजार किसानलाई परेको थियो । जिल्लाको सबैभन्दा बढी चियाखेती भएको स्थानीय तह सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिन्छ । यहाँबाट वार्षिक २ लाख किलोग्राम तयारी चिया भारतलगायतका अन्य देशमा निर्यात हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।