चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
चलचित्र ‘कबिर सिंह’ हिट भएसँगै शाहीद कपूर यतिबेला चर्चामा छन् । सन्काहा र रिसाहा प्रेमीको भूमिकामा शाहीदले गरेको अभिनयको अहिले चौतर्फी वाहवाही पाइरहेको छ ।
शाहीद कपूरले यो चलचित्रमा गरेको अभिनयको प्रशंसा बलिउड उद्योगले मात्रै नभइ उनका फ्यानहरुले समेत निकै मन पराइरहेका छन् । यही चलचित्रको सफलताले गर्दा शाहीद कपूरलाई बलिउडका ठूला ब्यानरले चलचित्रको प्रस्ताव राखेको खबरहरु आइरहेका छन् ।
भारतीय सञ्चारमाध्यममा आएका खबरहरुका अनुसार ‘कबिर सिंह’ हिट भएसँगै एक पटक फेरि फिल्म निर्माताहरुको नजर शाहीदमाथि परेको छ । शाहीद कपूरलाई दुई वटा फिल्मको लागि अफर आइसकेको छ । शाहीदलाई चलचित्रका लागि करण जोहर र राम माधवानीले अफर गरेका हुन् ।
शाहीदलाई करण जोहरले दक्षिण भारतको सुपरहिट चलचित्रको हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन्, जुन चलचित्रका लागि करण जोहर शाहीद कपूरलाई अनुबन्धन गर्न चाहन्छन् ।
करण जोहरले दक्षिण भारतको ‘जर्सी’ नामको चलचित्रको हिन्दी रिमेक बनाउने सोचमा छन् । यो चलचित्रको कहानी क्रिकेटसँग सम्बन्धित हुनेछ । यसका साथै निर्देशक राम माधवानी पनि आफ्नो चलचित्रमा शाहीदलाई अनुबन्धन गर्न खोजिरहेका छन् । राम माधवनीको चलचित्र भने कुनै नयाँ कथामा आधारित हुनेछ ।
शाहीदले अहिले ती चलचित्रलाई लिएर कुनै पनि प्रतिक्रिया दिएका छैनन् । केही समय अघि मात्रै शाहीदले मिडियासँगको कुराकानीमा अहिले आफूसँग कुनै पनि काम नभएको बताएका थिए ।
तर उनी अभिनित पछिल्लो चलचित्र ‘कबिर सिंह’ बक्स अफिसमा हिट भएसँगै अहिले बलिउडका निर्माता तथा निर्देशक शाहीद कपूरसँगै काम गर्न खोजिरहेका छन । यही जुन २१ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ ले दुई हप्ता नपुग्दै १६३ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ ।
— taran adarsh (@taran_adarsh) June 30, 2019
कबिर सिंह शाहीद कपूरको करियरका लागि कोशे ढुङ्गा साबित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।