'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकायाले एनएसजेएफ स्पोर्टस अवार्ड २०७५ मा लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् ।
एभरेस्ट म्याराथनका कीर्तिमानी खेलाडी तथा गिनिज बुक अफ् द वर्ल्ड रेकर्ड्समा नाम लेखाइसकेका धावक हरिबहादुर रोकाया नयाँ खेलाडीलाई प्रशिक्षण दिनमा व्यस्त छन् ।
जुम्लामा आफूजस्तै खेलाडी उत्पादन गर्न प्रशिक्षार्थीलाई कहिले हिलोमा, कहिले उच्च हिमाल र हिउँमा दौडाइरहेका हुन्छन् । जुम्लाका हरिबहादुर पहिलो पटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (५१८४ मिटर) बाट ३४४६ मिटरको नाम्चे बजारसम्मको एभरेस्ट म्याराथनमा सहभागी भएका थिए । त्यसमा दोस्रो भएका उनी सन् १९९७ मा पहिलो भए । सन् २००० मा एभरेष्ट म्याराथन ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा पार गर्दै गिनिज बुक अफ् द वर्ल्ड रेकर्डमा नाम समेत लेखाए । तर, सन् २००२ मा भने उनी प्रवेश शुल्क तिर्न नसकेर एभरेष्ट म्याराथन खेल्न पाएनन् ।
हरिबहादुरले १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका छन् । १३ राष्ट्रिय प्रतियोगितामध्ये ९ वटामा रोकायाले उपाधि उचालेका छन् । अन्तर्राष्ट्रिय खेलमा सन् १९८५ मा इन्डोनेसियाको जाकार्तामा एसियन ट्रयाक एन्ड फिल्डको ५ किलाेमिटर दौडमा सहभागी भए ।
लामो समय खेल क्षेत्रमा बिताएका हरिबहादुर अहिले जुम्लामा नै ‘कर्णाली स्पोर्ट्स क्लब’ खोलेर म्याराथनका खेलाडी उत्पादन गरिरहेका छन् । उनले प्रशिक्षण दिएका खेलाडी कोही हङकङ, इटालीलगायतका देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगिसकेका छन् ।
उनैको योगदानको कदर गर्दै एनएसजेएफले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको जनाइएको छ । उनलाई एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र महासचिव प्रज्ज्वल ओलीले अवार्ड प्रदान गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।