पूर्व राजाको जन्मोत्सव नेपालगञ्जमा

 असार २३, २०७५ शनिबार १४:३२:३७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – पूर्व राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण परिवारसहित ७२ औं जन्मदिन शनिबार नेपालगञ्जमा मनाउनुभएको छ ।

दुईदिनअघि नेपालगञ्ज आउनुभएका पूर्व राजाले बिहान बागेश्वरी मन्दिरको दर्शन गर्नुभयो । नेपालगञ्जको राझामा रहेको होटल सोल्टीमा परिवारसहित बस्नुभएका पूर्व राजाको जन्मदिनमा दर्शनभेट तथा शुभकामनाका लागि बाँके र आसपासका जिल्लाबाट सयौं नागरिकहरु होटल सोल्टीमा जम्मा भएका थिए ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपालगायत अन्य विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासहित सरकारी कर्मचारीहरु लाइनबद्ध भएर पूर्व राजाको जन्मोउत्सव मनाएका थिए ।

पूर्व राजाको दर्शनभेटका लागि लामबद्ध भएका उहाँका समर्थकहरुले ‘राजा आउ देश बचाऔं’ भन्ने नारा समेत लगाएका थिए ।

पूर्व राजाको जन्मदिनमा छोरा पारस, नाती हृद्येन्द्रलगायत राज परिवारका सबै सदस्य उपस्थित भएका थिए ।  पूर्व रानी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नाती–नातिनासहित पूर्व राजा ज्ञानेन्द्र बिहीबार नेपालगञ्ज आइपुग्नुभएको हो । 


 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया