विश्वकपको क्वार्टरफाइनल सकियो, सेमिफाइनल खेल मंगलबारदेखि

 असार २४, २०७५ आइतबार ६:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् ।

यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ ।

बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।

क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । क्वार्टरफाइनलमा ६ युरोप र २ दक्षिण अमेरिकी टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् ।

२० संस्करणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् । युरोपमा अब १२औं विश्वकप उपाधि हुने भएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया