भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ । पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ ।
तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुहोस् महाशाखाले निकालेको बाढी बुलेटिन
हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने
मौसम पूर्वानुमान महाशाखाले अबको चौबीस घण्टामा केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाले हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने जनाएको छ ।
महाशाखाले देशभर मनसुनी वर्षा कायम रहने हुँदा बाढी, पहिरोसँगै सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने जनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prabhash
July 11, 2019, 7:47 p.m.Hawa huri ko hawa news
Ramesh kumar mahato
July 11, 2019, 1:02 p.m.Give full detail