चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - हरर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘घर’ मा एउटा घरमा रहेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई प्रस्तुत गरिएको छ ।
चलचित्र ‘घर’ लाई लिएर अभिनेत्री बेनिशा हमाल निकै उत्साहित देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा खासै फस्टाउन नसकेकी हमाललाई चलचित्र ‘घर’ ले उकास्ने अपेक्षा गरिएको छ । अभिनेत्री बेनिशा भन्छिन्, ‘यो चलचित्रबाट हामीले दर्शकलाई तर्साउनु छ । यदि दर्शक तर्सिनुभयो भने हामी सफल हुनेछौँ।’
नेपालमा बनिरहेका हरर चलचित्रको ढाँचामा चलचित्र ‘घर’ ले परिवर्तन ल्याउने अभिनेत्री हमालको दावी छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देेशन अर्पण थापाले गरेका हुन् भने शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
चलचित्र ‘घर’ मा लेखक तथा निर्देशक अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ । निरज कँडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलपचित्र ‘घर’ आउँदो साउनको ३ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।