च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा भ्रमणमा जान रोक लगाएकोमा घोर आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सरकारले नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति कोइरालालाई शनिबार विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्याएकोमा आपत्ति जनाउनु भएको हो ।
शनिबार क्यानडा जान लाग्नुभएका उपकूलपति कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले प्रधानमन्त्रीले बोलाउनु भएको हवाला दिँदै बालुवाटार पुयाएको थियो ।
राष्ट्रियसभाको आईतबार बसेको बैठकमा बोल्दै काँग्रेस सांसद पाण्डेले सो घटनाप्रति घोर निन्दा र भत्सर्ना गर्नु भएको हो ।
उहाँले निरंकुश शैलीमा उपकुलपति कोइरालालाई नियन्त्रणमा लिई क्यानडा जानबाट रोक लगाएको दावी गर्दै त्यसको कारण संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।
उपकूलपति कोइराला क्यानडामा आयोजना हुने १७ औं सम्मेलनमा भाग लिन शनिबार ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
उडानको लागि आवश्यक जाँच भईरहेका बेला प्रहरीले उहाँलाई विमानस्थलबाट प्रधानमन्त्रीले बोलाउनु भएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।
काँग्रेस सांसद पाण्डेले सरकारले उहाँलाई धरपकडको शैलीमा नियन्त्रणमा लिई क्यानडा जानबाट रोक लगाउनु आपत्तिजनक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।