सिइओ भुसाल पदमुक्त: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन (भिडियाेसहित)

 असार २४, २०७५ आइतबार १४:३६:५८ | उज्यालो सहकर्मी

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल आइतबारदेखि पदमुक्त हुनुभएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछि भुसाल पदमुक्त हुनुभएको हो ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसाल पदमुक्त भएको जानकारी गराएको थियो ।

शुक्रबार प्रधानमन्त्री कार्यालयको पत्र नबुझेका भुसालले आइतबार मात्रै पत्र बुझ्नुभएको हो । भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गर्नुभएको छ ।

आफूलाई पदमुक्त गरेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिदै उहाँले सरकारको निर्णयको सम्मान गर्ने बताउनुभयो ।

सरकारले आफूलाई लक्षित गरेर नभई गत भदौ १४ गते यताका अघिल्ला सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय अनुसार प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएकाले त्यसमा आफूले गुनासो गरिरहनु पर्ने ठाउँ नभएको उहाँले स्पष्ट पार्नुभयो । 

नेपाली कांग्रेस निकट भुसाल गएको कात्तिक ६ गते प्राधिकरणको सिइओ नियुक्त हुनुभएको थियो ।

सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको काम कारवाही चित्त नबुझे जुनसुकै बेला हटाउन सक्ने प्रावधान छ ।

भुसाल पदमुक्त भएसँगै प्राधिकरण नेतृत्वविहिन भएको छ । तर हटाउनु अघि प्रस्टीकरणको मौका दिनुपर्ने ऐनमा व्यवस्था छ ।

२०७२ सालको भूकम्पपछि प्राधिकरणमा गोविन्द पोखरेल, सुशिल ज्ञवाली र युवराज भुसालले नेतृत्व गरिसक्नुभएको छ । पोखरेलले दुई पटक जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया