च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं – राष्ट्रिय महिला आयोगले बजेट र जनशक्ति थप गरिदिन सरकारसँग माग गरेको छ ।
आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको कामलाई प्रभावकारी बनाउन पर्याप्त बजेट र आवश्यक जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संवैधानिक व्यवस्था अनुसार आयोगले रणनीतिक योजना तयार पार्न लागेको जानकारी दिनुभयो । आयोगले संघीय ढाँचा अनुसार आयोगको संरचनाहरु तय गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ ।
आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सूचना तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने योजना बनाएको जनाएको छ । सचिव ठाकुरले स्थानीय तहमा पनि आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक समितिहरु निर्माण गर्ने योजना अघि सार्नुभयो ।
राष्ट्रिय महिला आयोगले महिला हिंसा विरुद्धको अभियानलाई सशक्त बनाउन सबै स्थानीय तहमा आवश्यक सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।